२०७६ असार ५ गते बिहीबार हेर्नुस् आज को राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ५ गते, बिहीबार ०७:२७

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

बृष –( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ।

मिथुन –( का, कि, कु, घ, ङ, छ, के, को, ह)

दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला।

कर्कट –( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ।

कन्या –( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ।

तुला –( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्।

बृश्चिक –( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

धनु –( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्चिलो व्यवहारले समस्या निम्त्याउन सक्छ। फाइदा नहुने काममा अलमलिनुपर्ला। समयमा सजगता नअपनाउँदा शुभचिन्तकहरू टाढिन सक्छन्। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिवेश रमाइलो रहनेछ तर परिस्थितिले समस्या निम्त्याउन सक्छ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

कुम्भ –( गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। पछि आम्दानी हुने काम फेला पार्न सकिनेछ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु