नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

रसुवागढीमा निर्माणाधीन जलविद्युत् आयोजना को कामदार सुरुङभित्र अलपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ६ गते, शुक्रबार ०७:४३

रसुवा,असार ६ । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् । कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिनुभयो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुपमा भइरहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।समचारसगरमाथा पोस्ट डटकम बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु