दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पत्रकार बस्नेतमाथि आक्रामण गर्नेलाई कारबाही गर्नुपर्ने पत्रकारहरुको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ६ गते, शुक्रबार १८:१९

काठमाडौं, ६ असार । सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा झत्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । बस्नेतलाई शैलेश श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेको उनीहरुको भनाई छ । आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । उनको हाल काठमाडौंस्थित् अन्नपूर्ण न्यूरोमा उपचार भैरहेको छ ।

कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले पत्रकार बस्नेतमाथि आक्रामण गर्नेमध्ये एकजनालाई पक्राउ गरेको तर मुख्य आक्रमणकारीलाई प्रहरीले पक्राउ नगरेको पनि गुनासो पोखे ।

उनले भने,‘पत्रकारलाई आक्रामण गर्नेहरु माथिको पावरमा सुरक्षित छन् भनिएको छ । हामीले आजमात्रै किटानी जाहेरी दिएका छौं । अब हेरौं, दोषीलाई कारबाही हुन्छ कि हुँदैन् ।’

उक्त दिन भएको सांघातिक आक्रमणको अडियो रेकर्डपनि आफूहरुसँग सुरक्षित रहेको बुढाथोकीले जनाए । उनले भने,‘हाम्रो सम्पादक बस्नेतजी समाचार संकलनको क्रममा सांघातिक आक्रमणमा पर्नुभयो । त्यति बेला उहाँले घट्नाको सम्पूर्ण कुरा अडियोमा रेकर्ड गराउनुभएको थियो ।’ उक्त घट्नाबारे पत्रकार महासंघले समेत आजमात्रै प्रेस विज्ञप्ती जारी गरेर निन्दा गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु