• सञ्चारकर्मी सिलवाललाई ‘सि नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार युएसएमा प्रदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार १८:५५

    युएसए– सञ्चारकर्मी अनिता सिलवाललाई सन् २०१९ को प्रतिष्ठित ‘सि नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार प्रदान गरिएको छ । फ्लोरिडाको गल्र्स इन्क लेकल्याण्ड र बार्टो द्धारा आयोजित कार्यक्रममा ९ जना महिलाहरु अन्तिम मनोनयनमा परि छनोट भएका थिए । कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा माथिल्लो तहसम्म पुग्न सफल व्यक्तित्व, व्यक्तिगत, शैक्षिक र व्यवसायिक रुपमा सफल महिलाहरु र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याई आफ्नो विधामा उत्कृष्ट हुनेहरुलाई यो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा अनिताको सफलताको यात्रा सुनेर धेरैका आखाँ रसाएका थिए ।

    नेपालमा बालकलाकार देखिको सफल सञ्चारकर्मी रही अमेरिकामा पनि सोही क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो । काठमाण्डौं महाराजगंन्ज स्थायी घर भई हाल युएसएको फ्लोरिडा राज्यमा रहेकी अनिता बुबा भुमी प्रसाद सिलवाल र माता रुपा सिलवालको छोरी हुन् अनिताले हालै नयाँ खोज तथा प्रविधिमा (इनोभेसन र टेक्नोलोजि)मा स्नातकोत्तर पुरा गरेकी छिन् । अनिता संसारको बालिकाहरुका लागी एक प्रेरणा भएको आयोजकले बताएका छन् ।
    पुरस्कार(अवार्ड)ले आफूलाई थप हौसला र उर्जा प्राप्त भएको अनिता बताउँछिन् । कार्यक्रममा अन्तिममा पुगेका ९ जना मध्ये तीन विजेतालाई निर्णायक हरुले छानेका थिए । विजेताहरुलाई प्रमाणपत्र सहित हस्त निर्मित क्रिस्टल बोल प्रदान गरिएको थियो । “नेपालबाट आएर यहाँका उत्कृष्ट महिलाहरुसँग मनोनयन मा पर्नु नै मेरो लागी सम्मान थियो । विजेताको पुरस्कार पाउँदा म सबै प्रति कृतज्ञ छु र नेपाल र नेपालीलाई चिनाउन पाएकोमा धेरै गर्व गरेकी छु ।”

    विजेता पुरस्कार ग्रहण गरेपछि अनिताले नेपाल र अमेरिकाका मात्र नभई विश्वका बालिकाहरुका लागी शैक्षिक र संचार क्षेत्रबाट योगदान पुर्याईरहने प्रतिबद्धता व्यक्त गरिन् । अनिता वेलकम वुमनहुड नामक संस्थाकी संस्थापक हुन् । संस्थाले नेपाल, अमेरिका, र केन्यामा कार्य गरिरहेको छ । होमटाउन सिरोज नामक कार्यक्रम प्रस्तोता र निर्माता रहेकी सिलवालले हालैमात्र प्रसिद्ध मूर्तिकार फोरेरेष्ट माएरस्सँग कार्यक्रम गरेकी थिइन् । माएरस्को प्रसिद्ध कलालाई अन्तरिक्ष यान अपोलोबाट चन्द्रमामा लगिएको थियो । सिलवाल हाल फ्लोरिडाको सिटी अफ विन्टर हेभेनकी वरिष्ठ शहर योजनाकारका रुपमा समेत कार्यरत छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु