नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

धादिङको गल्छी गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ६ गते, शुक्रबार २१:५१

६,असार, धादिङ
धादिङको गल्छी गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । शुक्रबार गल्छी–६ बाजगाउँबाट बैरेनी हाइवेतर्फ गईरहेको बा १८ च ९४०८ नम्बरको बोलेरो दुर्घटना घाईते भएकी २१ वर्षीय सबिता अधिकारीलाई उपचारको लागी काठमाण्डौतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
यसअघि ४ जनाको घटनास्थल मै ज्यान गएको थियो । घटनास्थलमा ज्यान गुमाउनेमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेका छन् ।
दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गल्छी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागी ट्रमा सेन्टर रिफर गरिएकाहरुमा गल्छी गाउँपालिका–४ बस्ने ६२ वर्षीय विष्णु अधिकारी, सोही ठाउँ बस्ने ३५ वर्षीय सुनिता मिजार, २३ वर्षीय सुजिता अधिकारी, १५ वर्षीय सन्तोष रम्तेल, ७० वर्षीय कृष्ण सार्की, २८ वर्षीय रेनु भण्डारी, ३५ वर्षीय राम कृष्ण प्याकुरेल लगायत नाम थर नखुलेका ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु