दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फ्लाइटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक नाजिर हुसैन सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ७ गते, शनिबार २१:४८

असार ७, काठमाडौ
विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी हुसैन शिवपुरी मिडिया नेटवर्कको प्रा.लि.को तेस्रो,अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव कार्यक्रममा सम्मानित भएका हुन्।उनि सहित सम्मानित हुने मा कारोवार दैनिकका गजेन्द्र बुढाथोकी,कृषि क्षेत्रमा योगदान गर्ने रामप्रसाद पुडासैनी,तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला,पत्रकार राजु भट्ट, विकास थपलिया,मुकुन्द कालिकोटे,बलराम खड्का,चन्द्रिका आचार्य,अनुज कुमार श्रेष्ठ,माधव प्रकाश सुवेदि लगायत रहेका छन् । शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे। नेपाल पुलिस क्लवमा आज आयोजित बार्षिकोत्सव कार्यक्रममा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.ले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपाङ्गता सहायता कोषको घोषणा गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि स्वामी आनन्द अरुणले शारिरिक अपाङ्गताका बाबजुद पनि निरन्तर पत्रकारितामा सक्रिय रहने पत्रकारहरुलाई सम्मान व्यक्त गर्दै मौलिक संस्कृतिहरुले भरिपुर्ण हाम्रो समाजमा मिडियाले संस्कृति सरक्षणमा समेत योगदान गर्नुपर्ने धारणा राखे । ईमान्दारिताका साथ पत्रकारिता आजको दायित्व हो र उन्ननतीको माध्यम पत्रकारिता रहेकोले गरिवी, भष्टचार, न्याय र सत्यको लागि मिडियाको भूमिका प्रभावकारी रहनुपर्ने कुरामा उनले जोड दिएका थिए । पुतलीसडक र चुच्चे पाटी अवस्थित केवल टावर मा नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक हुसैनले एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । हुसैनले सयौं विधार्थीहरुलाई विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसरदिलाएका छन।
हुसैनले यसअघि ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’तथा नेपाल हस्पिटालिटी अवार्ड लगाएत सयौं अवार्डका साथै बिशेष सम्मान बाट सम्मानित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु