भन के लाउली” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ८ गते, आईतवार १६:५३

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकिदैँ गर्दा गायक उज्जवल केसी र जुना श्रीस मगरको “भन के लाउली” बोलको गीत सार्वजनिक भएको छ । गायक उज्जवल केसीको नै शब्द तथा संगीत रहेको उक्त गीतमा सागर विरहीको एरेंज रहेको छ । दुई प्रेमी बिचको भाव समावेश गरिएको उक्त गीतमा मायालुलाई तीजमा के लाउने त्यहि किनिदिने कुरा गरिएको छ । रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको उक्त गीतको भिडियो प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु