
काठमाडौं । चर्चित गायक हेमन्त रानाको “माया बस्यो है” बोलको गीत सार्वजनिक भएको छ । गायक हेमन्त रानाको नै शब्द तथा संगीत रहेको उक्त गीतमा विशाल पौडेलको एरेन्ज रहेको छ । धेरै चर्चित गीतहरुमा आफ्नो स्वर दिएका गायक हेमन्त रानाको चर्चित गीत साईली पछि माया बस्यो है गीत सार्वजनिक भएको छ । आफुलाई मन परेको मान्छेको बारे भनिएको उक्त गीतमा मायालुलाई मनको कुरा भन्न नसकेको कुरा गरिएको छ । हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधानको अभिनय रहेको उक्त गीतको भिडियोमा नायक दयाहाङ राईको पनि अभिनय रहेको छ ।


