तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मिस एण्ड मिसेस जनजातीको ट्यालेण्ट राउण्ड सम्पन्न्न’,फिनाले आउदो २० गते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ९ गते, सोमबार १०:५४

काठमाडौं, ०९ असार – राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो प्रतिभ प्रदर्शन गरेका थिए । चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । कोरियोग्राफर केशव थापा, महिला स्पा व्यबसायी सुशिला थापा, कोरियोगाफर राधा ठाकुर तमु ह्योलाका उपाध्यक्ष हरि माया गुरुगं, मिसेस गुरुगं सुमना गुरुगं तथा गीतकार अशोक कुमार तामागंले निर्णायकको भूुमिका निर्वाह गरेका थिए ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस जनजाती–२०१९ सिजन -१” को आयोजना गर्न लागेको हो । यहि आउदो २० गते राष्टिय नाचघरमा फाईनल कार्यक्रम सम्पन्न हुने आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङले बताईन ।

आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी,जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन ।

प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु