• हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड ’बाट समाजसेवी जगत बहादुर गुरुङ सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ असार २०७६, सोमबार २०:५१

    असार ९,काठमाडौँ । राष्ट्रिय पर्यटन पत्रकार संघको आफ्नो छैठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले आज काठमाडौं मा एक समारोहबीच नेपालको पर्यटन र भिजिट ट्वान्टी ट्वान्टीलाई मध्ये नजर गर्दै बहस समेत गरेका छ । सो अवसरमा संघले पर्यटनमा लागेर विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । सोही अवसरमा सामाजिक सेवा मार्फत शिक्षा र स्वास्थ्यमा योगदान पुर्याईरहेका हेल्थ एण्ड एजुकेशनका संस्थापक जगत बहादुर गुरुङलाई संघले ‘हिरो अफ दि युथ सोसियल इन्टरपिनर अर्वाड’बाट सम्मान गरेको छ ।
    कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले खादा माला र मेडल सहित सम्मानपत्र दिएर उनलाई सम्मान गरेका थिए । सम्मानित भएपछि गुरुङले आफुलाई थप जिम्मेवारी थपिएको महशुस भएको बताए । उनले अझै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफु संधै सक्रिय रहेर काम गरिरहने बताए । सोही अवसरमा अन्य विभिन्न व्यक्तित्व समेत सम्मानित भएका थिए । सम्मानित गुरूङले दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा समाजसेवी गुरूङ को ठुलो योगदान रहदैं आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु