• टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट गीता गुरूङ सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० असार २०७६, मंगलवार ०९:२६

    काठमाडौ । राष्ट्रिय पर्यटन पत्रकार संघको आफ्नो छैठौँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। संघले काठमाडौं मा एक भब्य समारोहबीच नेपालको पर्यटन र भिजिट ट्वान्टी ट्वान्टीलाई मध्ये नजर गर्दै बहस समेत गरेका छ । सो अवसरमा संघले पर्यटनमा लागेर विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाल लाई अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह को उच्च कदर गदै ठमेल पर्यटन बिकास परिषद्का उपाध्यक्ष,हाेप नेपालका अध्यक्ष समेत रहनु भएका गीता गुरूङ टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९ बाट सम्मानित गरिएको छ। कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले खादा माला र मेडल सहित सम्मानपत्र दिएर उनलाई सम्मान गरेका थिए । सम्मानित भएपछि गुरुङले आफुलाई थप जिम्मेवारी थपिएको महशुस भएको बताउनु भयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु