एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

गैरआवासीय नेपाली संघ एनसीसी ओमनको पाचौ राष्ट्रिय महाधिवेशन २८ जुनमा मस्कटमा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १० गते, मंगलवार २१:२१

ओमन / गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी ओमनको पाचौ राष्ट्रिय महाधिवेशन तथा सपथ ग्रहण कार्यक्रम अगामी शुक्रवार २८ जुनमा अल फलाज होट दार्सेट, मस्कटमा हुँदैछ । २८ डिसेम्बर २००९ मा स्थापना भएको एनआरएनए ओमान २७ फेब्रुअरी २०१७ मा ओमानमा बिधिवत रुपमा दर्ता भए पछि एन आर एन सोसल क्लबको रुपमा कार्यरत रहेको छ । महाधिबेशनको प्रमुख अतिथि राजदुत शर्मिला पराजुली ढकाल रहने र सपथ ग्रहणमा मिनिस्ट्री अफ सोसल डेभलपमेन्ट अफेयर अन्तर्गत असोसिएसन एन्ड क्लब कम्मुनिटीबाट प्रथम सचिबको उपस्थिति रहने एनआरएन ओमनले जनाएको छ । मध्यपुर्वमा यस कार्यकालको लागि महाधिवेशन गर्ने एनसीसी ओमन पहिलो भएको हुँदा बिश्वभरी रहेका एनआरएन अगुवा, नेतृत्वका आकाक्षी र आइसीसी पदाधिकारीहरु ओमनको अधिबेसनमा सहभागी हुने भएका छन् ।

अहिलेसम्म एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, एनआरएनए अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मध्य पूर्व सहसंयोजक प्रविन गुरुङ,गोपाल कँडेल , एनआरएनए आइसीसी सदस्यहरू चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल,एनआरएनए बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, एनआरएनए आईसीसी सदस्य विमल सुवेदी, विनोद भट्टराई, एनआरएनए भुतपुर्व मध्यपूर्व सहसंयोजक राजु सैयद, कुवेतबाट एनआरएनए आईसीसी सदस्य अमित राई, बहराइनबाट आईसीसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, एनआरएनए बहराइनबाट पूर्व अध्यक्ष दुर्गा गिरी, एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक अब्दुल बासिद, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी सहभागी हुने एनआरएन ओमनका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

मध्यपूर्वमा महत्वपूर्ण एनसीसी मध्य ओमान पनि एक हो । एनआरएनका बर्तमान आइसीसी सचिव डिबी क्षेत्री एनसीसी ओमनको नेतृत्व गर्दे मध्यपूर्वको संयोजक हुँदै आईसीसी सचिबमा पुगेका छन् । एनसीसी ओमनको महाधिबेशनमा आगामी कार्यकालका लागि समिकरण तथा उम्मेवारी घोषणासमेत हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।ओमनको यो अधिवेशनले हङ्कङमा भएको एनआरएनए क्षेत्रीय भेला र अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रीय सम्मेलनको झझल्को दिने देखिन्छ । किनभने एनआरएनएका केन्द्रीय नेतादेखि अभियन्ता सम्मको सहभागिताले सबैको ध्यान केन्द्रित गराउने भएको छ ।

अहिले एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङ्कङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रीय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका
लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।ओमनमा हुने नेताहरूको यो भेलालाई केही न केही कनेक्सन र चुनावी सरगर्मी रणनीतिक हिस्साको रुपमा मानिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु