करिश्मा मानन्धर ले बी’प्लस ल्याउँदै एसईईको परिक्षामा सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १२ गते, बिहीबार १८:२५

काठमाडौ ।  नेपाली फिल्मकी सदावहार नायिका करिश्मा मानन्धरले यस वर्ष एसईईको परिक्षा दिएकी थिइन् । मैतीदेवीमा रहेको त्रिवेणी माध्यमिक विद्यालयबाट १० कक्षा अध्ययन गरेकी उनको परिक्षा केन्द्र विजय स्मारक मा.वि. डिल्लीबजारमा परेको थियो भने आज उक्त परिक्षाको परिक्षाफल प्रकाशित भएको छ ।लाखौँ विधार्थीहरुको साथ नायिका करिश्मा मानन्धरले प्रतिक्षा गरिरहेको यस बर्षको एसईईको परिक्षाको परिक्षाफल आज प्रकाशित भएको छ । करिश्मा मानन्धरले‘बी’प्लस ल्याएकी छिन् भने उनले ३ जीपीए ल्याएकी छिन् । उनले ‘बी’प्लस ल्याउँदै एसईईको परिक्षामा सफलता पाएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु