
काठमाडौं । गायक सुर्य खड्का र गायिका देवि घर्ती मगरको “सितारा टिलिक्क” बोलको तीज गीत सार्वजनिक भएको छ । गायक सुर्य खड्काको नै शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ । नारीहरुको महान् चाड तीज गीतमा दुई प्रेमी बिचको मायाको भाव समावेश गरिएको छ भने मायालुलाई नाच्न र रमाउन भनिएकोछ ।


