नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १३ गते, शुक्रबार १६:४७

काठमाडौँ –भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको यो गीत सार्वजनिक गरेको हो । सन्तोष लामाको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ । गीतको भिडियोमा कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाहीको अभिनय देख्न सकिन्छ । कार्यक्रममा नम्रता र अनुपले स्टेज नृत्य समेत प्रस्तुत गरेका थिए ।
अभिनेत्री नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । फिल्मका लागि उनले ८ महिना तालिम लिएकी थिइन् भने आफ्नो कपाल समेत काटेकी थिइन् । आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । फिल्ममा केशव थापाको नृत्य निर्देशन छ, भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । जन सवाल डट कम बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु