नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

ग्यासको सिलिन्डर आगलागीमा घाइते खेलाडी निरज श्रेष्ठ लाई आर्थिक सहयोग हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १४ गते, शनिबार ०६:४८

-राजिव खड्का

असार १४,काठमाडौं ।नेपाल शिन क्योकुशिन कराँते संघको पहलमा ग्यास सिलिन्डर आगलागीबाट घाइते शिन क्योकुशिन कराँतेका खेलाडी तथा चितवनका शाखा प्रमुख निरज श्रेष्ठलाई सहयोग रकम जुटाइएको छ। श्रेष्ठको एक साता अघि सिलिन्डरबाट ग्यास लिक भइ आगलागी हुँदा हात, खुट्टा र शरीरका अन्य भागहरु जलेको थियो। उक्त घटना पश्चात् श्रेष्ठलाई तत्कालै चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्याइएको थियो।
निरजलाई आर्थिक सहयोग स्वरुप रकम एक लाख एघार हजार तीन सय बीस रुपैयाँ नेपाल शिन क्योकुशिन कराँते संघका ब्रान्च चिफ तथा महासचिव सुर्य बहादुर बुढाथोकीले हस्तान्तरण गरेका हुन्। नेपाल शिन क्योकुशिन कराँते संघका सम्पुर्ण गुरुहरु, शाखा प्रमुखहरू, खेलाडीहरु र खेल प्रेमीहरुको तर्फबाट छयत्तर हजार तीन सय बीस साथै युनाइटेड नेप्लिज कराँते एडभान्समेन्ट (UNKA) का उपाध्यक्ष सुरज कार्कीबाट दस हजार, कोषाध्यक्ष इन्द्र सुरज मल्लबाट दस हजार, प्रभाकर शाहबाट दस हजार र क्योकिशिन कानका ब्रान्च चिफ राजेन्द्र सुवेदीबाट पाँच हजार गरि सहयोग रकम संकलन गरिएको हो।
खेलाडी श्रेष्ठलाई भेट्न नेपाल शिन क्योकुशिन कराँते संघका विभिन्न पदाधिकारीहरु गएका थिए। संघका ब्रान्च चिफ तथा महासचिव बुढाथोकी सहित विनोद गुरुङ, रोहित दियाली, राजिव खड्का, अशोक रुम्बा, विष्णु नेपाली, राजेश महतो, सुमन गोले, दिसान तामाङ र उमेश अधिकारी गरि कुल १० जनाले सि.एम.सी. अस्पताल मै पुगि भेटेका हुन्। ब्रान्च चिफ बुढाथोकीले खेलाडी निरज श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। त्यसै गरि रोहित दियालीले श्रेष्ठ छिट्टै स्वस्थ भइ खेल क्षेत्रमा फर्किने कुरा व्यक्त गर्नुभयो। राज्यले पनि यस्ता खेलाडीहरुलाई संरक्षण गरि उचित व्यवस्थापन गरे राष्ट्र निर्माणमा टेवा पुग्ने देखिन्छ।(चौतारी न्युज डट कम बाट साभार)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु