दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्छौ : अध्यक्ष विकासमान श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १४ गते, शनिबार १६:५३

ललितपुर, १४ अषाढ – ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा १ लाखसम्म मद्धत गर्ने बताएका छन् । लगनखेलमा शनिवार आयोजित महालक्ष्मी महिला समुहको पाचौ बार्षिक साधारण सभामा उनले सो कुरा राखेका हुन । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने प्रयास बारेको प्रसगं कोट्याउदै उनले भने, ‘महिला समुहमा आवद्ध ईच्छुक महिला सदस्यहरुलाई उद्यम गर्नका लागि २ बर्षमा सावा फिर्ता गर्ने गरि वडाले अब १ लाखका दरले निर्ब्याजीमा बिज रकम उपलब्ध गराउने छ ।’
वडा अध्यक्ष श्रेष्ठले उक्त बिज रकमबाट वडावासी महिलाहरुलाई अर्थिक रुपमा आत्मनिर्भर बनाउन सघाउ पुग्ने दावी समेत पेश गरे ।
त्यसैगरि, वडा सदस्य समेत रहेकी महालक्ष्मी महिला समुहका अध्यक्ष मैया रिजालले समूहमा आवद्ध महिलाहरुलाई दिईदै आएको विभिन्न तालिमबाट उनीहरु विगतको तुलनामा आत्मविश्वासी देखिएको बताईन् ।

कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक श्रेष्ठ, पुनम निरौला, थसिखेल महिला समुहकी अध्यक्ष वसन्ती रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु