
ललितपुर १४,असार ।
ललितपुर महानगरपालिका ५ नम्बर वडाले रिङरोड ट्रयाकमा बृक्षारोपण गरेको छ । वडाले बृहत राष्ट्रिय वृक्षारोपण अभियान अन्तर्गत अषाढ १४ गते शनिवार महालक्ष्मीस्थान, थसिखेल क्षेत्र स्थित रिङरोडको भित्री खण्डमा बृक्षारोपण गरेको हो । अभियानलाई सफल पार्न वडा अध्यक्ष विकासमान श्रेष्ठ, महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यत्रय अशोक श्रेष्ठ, पुनम निरौला, मैया रिजाल, वडाका कर्मचारी, टोल विकास संस्था, महिला समुह लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष विकासमान श्रेष्ठले आफ्नो वरिपरिको वातावरणलाई स्वच्छ र हराभरा बनाउन अभियानमा सामेल भई विरुवा रोपिएको बताए ।


