ललितपुर १४,असार । ललितपुर ५ नम्बर वडाले वडा स्थित दुई बाल क्लबलाई संगितका साधन हस्तान्तरण गरेको छ । शनिवार लगनखेलमा आयोजित वडा स्तरिय बाल क्लबहरुको बार्षिक साधारण सभा माझ बाल प्रतिभा समुह र लगनेश्वर बाल समुहलाई वडाका तर्फबाट गीतार, पियानो लगायतका संगितका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । उक्त सामाग्रीहरु वडा अध्यक्ष विकासमान श्रेष्ठले बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजाललाई हस्तान्तरण गरेका थिए ।
ततपस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले बाल क्लबहरुले बाल क्लबका सदस्यहरुको क्षमता विकासका निम्ती सक्दो प्रयास गर्नुपर्ने तर्फ जोड दिदै वडाले बालबालिकालाई प्राथमिकतामा राख्दै आएको समेत स्पष्ट पारे । कार्यक्रममा बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजालले बालक्लबका सदस्यहरुका अलवा वडाबासी बालबालिकाको क्षमता अभिबृद्धिका लागि सिंगो क्लब परिवारले सक्दो प्रयास गर्दै आएको बताए ।
कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यत्रय अशोक श्रेष्ठ, पुनम निरौला, मैया रिजाल, पूर्व बालक्लब ग्राजुयट कृष्ण रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए ।