
असार पन्ध्र(कविता )
कोदाली र हलो जुवा काधमा
कम्मरमा खुर्पेटो को ठ्क ठक,
टाउको मा चोयाको छत्री
खोकिला मा उमंग पोको,
पिठ्युमा खाङ्रे डोको,
पिडा लुकाइ हासेका ओठ
पसिना चुहाउदाका कुर्कुचे चोट,
भालेको सुरिलो कां सगै,
सधै सधै आउथ्यौ तिमि
बिहानी ओरालो झर्दै गरेको
फेरि दिनभरिको
असारे भाका मा पौडैदै,
माले तारे सित दौडिदै
झ्याउकिरी को र्याइ र्याइ मा
खुइयको संगित भरेर!
देउराली को चौतारी मा
गफिन आउथ्यौ असार पन्ध्र ।
मंसिरे आनन्द को कल्पना साचेर
सगुन को दहि च्युरा बोकेर
रमाउदै आउथ्यौ असार पन्ध्र।
हुन त
अहिले पनि
उहि दिन
नबिर्सेर आउछौ तिमि ,
बलिया हात हरु
कोदाली फालेर
बेल्चा अङ्गालेर,
तिम्रो शितलता लाइ
बिबशताको भट्टिमा उमाल्दै,
सृजना का पसिना
मरुभूमि मा तलाउ निर्माण गर्न
बोर्डिङ्ग पास को खोस्टोले,
तिमि माथि को मेघ को चेपबाट
पाप्रा उप्केको खड्केली मा
फ्याक्दै
हात हल्लाउँदै गरेका यौवन हरु
तन्नेरी बिहिन अनि
बुढ्यौली ले आक्रान्त ,
गाउँ
जल र मल अनि बल बिना
बाजेको गाला बाझिए झै
बाझिएको गैरी खेतको
उदासी बोकेर आउछौ असार पन्ध्र ।
टपरी मा बोकेको माटो मा
स्कटल्याण्डका रक्सी ले सिचेर
हल्याण्ड्को चम्चाले जोत्ने,
बर्लिन को बिउको माला धारेर
पेरिसको अत्तर ले
सुधारिएको हिलो मा
असारे डिस्को नाच्ने
मर्सिडिज वाला खेताला
लिएर आयौ!
गमलामा गोरु नार्ने
रोपाइ जात्रा लिएर आयौ
कर्न फ्लेक्स लाइ चिउरा भन्नेहरू
फोटो खिचेर
चित्र प्रदर्सन गर्ने
करोडौ हसुर्ने
नयाँ खेताला लिएर आयौ,
पौरखी लाइ मुग्लान धपायौ
उर्वर गाउ उराठ बनायौ
परम्परा को डाको छोडेर,
बिकृतिको मदिरा कुण्डमा
नग्नता को महासागर देखाउन
ढोङ्गी हरुको
बेरुजु फर्स्यौट गर्ने
उद्दार कर्ता बनेर आयौ,
जसरी आयौ
जुन रुपमा आयौ
माया नमारी आयौ
स्वागत छ असार पन्ध्र।
शम्भु गजुरेल
नुवाकोट


