मन्त्रिपरिषद् बैठकले यसपटक हुने आइफा अवार्ड नेपालमा गर्न स्वीकृति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १५ गते, आईतवार ०९:२७

काठमाडौं–नेपालमा ‘इन्टरनेशनल इण्डिया फिल्म अवार्ड’ (आइफा)–२०१९ कार्यक्रम हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसपटक हुने आइफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद् बैठकले आगामी अगष्टको दोस्रो वा तेस्रो सातामा काठमाडौँको नेपाली सेनाको मुख्यालय आसपास स्थानमा अवार्ड कार्यक्रम गर्न स्वीकृति दिएको छ । अवार्ड कार्यक्रम ‘भिजिट नेपाल–२०२०’ को अवसरमा आयोजना हुन लागेको छ । कार्यक्रम नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजना हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु