सबैले मेरो नेतृत्व फेरि चाहियो भन्नुभयो भने म तयार हुनेछु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १५ गते, आईतवार १०:४७

भवन भट्ट
अध्यक्ष
गैरआवासीय नेपाली संघ (एनआरएनए)

यहाँ अहिले एनआरएनए अध्यक्षमा एक कार्यकाल समाप्तिको नजिक हुनुहुन्छ अब यहाँको गन्तब्य कहाँ हुन्छ ?
त्यो त समयले नै बताउँछ । तर म एनआरएनएको अभियानको शुरुवातदेखि नै संलग्न भएको तथा एनआरएनए स्थापना भएका सबै देश पुगेर सबै साथीहरुसंग परिचित भएको नाताले यही नै हुन्छु । एनआरएनए समुदाय मेरो घर परिवार नै जस्तो लाग्छ मलाई । किनकि म नै म नै यस्तो व्यक्ति हुँला जो एनसीसीको शुरुवाती सदस्यदेखि अध्यक्ष हुदै केन्द्रको कोषाध्यक्ष हुदै दोश्रो कार्यकालको उपाध्यक्ष भएर हाल अध्यक्ष भएको हुँ । त्यसैले मेरो जीवन एनआरएन कै हितका लागि हुनेछ ।

भनेपछि आगामी नेतृत्वकालागि पनि यहाँ तयार हुनुहुन्छ ? 
मुख्य कुरा त म अहिले नेतृत्वमा रहेको छु । यहाँ रहेर मैले एनआरएनएका लागि के कति काम गरे भन्ने कुरा सबै एनआरएनए साथीहरु मूल्यांकन गरिरहनुभएको छ । अहिले नेतृत्वकालागि चर्चा भइरहँदा मलाई विश्वभरका साथीहरुले आगामी नेतृत्वका लागि तपाई फेरि आउनुपर्छ भन्ने सुझाव र सल्लाह दिनुभएको छ । मैले थप एक कार्यकाल नेतृत्व लिएर एनआरएनलाई अघि बढाउनुपर्छ भन्नेमा अग्रजहरुले पनि सल्लाह दिइरहनुभएको छ । यो कार्यकालमा शुरु भएका कतिपय कामहरुलाई मेरै नेतृत्वमा पूरा गर्नुपर्छ भन्ने मत पनि रहेको छ । यस्तोेमा साथीहरुले म पुनः नेतृतवमा आउनुपर्छ भनेर एउटा माहौल नै बनाइरहनुभएको छ । त्यसैले पनि सबैले मेरो नेतृत्व फेरि चाहियो भन्नुभयो भने म तयार हुनेछु । मेरो नेतृत्वले एनआरएनलाई थप बलियो, मजबुत र एक बनाउँछ भन्नेमा सबै साथीहरु एकमत हुनुभयो भने म नेतृत्वका लागि तयार हुनुपर्छ र हुनेछु ।

एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ अहिले? 
हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छै्रां । एनआरएनएको सपना हेडक्वार्टर, शंघमूल पार्क, तथा लाप्राका नमूना बस्ति सबै सफलता पूर्वका सम्पन्न गरेर हामी अब नयाँ चरण मा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हामीले बिज्ञ सम्मेलनमार्फत एनआरएनएको ज्ञान तथा अनुभव बाँड्ने परम्परा सुरु गरेका छौं । यसबाट एाआरएनए र सरकार नेपालको विकासमा संगै हातेमालो गरेर अगाडि बढ्दै छ भन्ने सन्देश पनि दिएका छौं । साथै, नेपाल सरकार तथा जनतालाई आवस्यक परेको कुनै पनि बेला विभिन्न प्रकारले नेपाल बाहिरका नेपालीले सहयोग गर्न तयार छन् भन्ने सन्देश पनि दिन सफल भएका छौं ।

यहाँले आफ्नो कार्यकालमा उल्लेखनिय कामहरु के–के गर्नुभयो ?
लाप्राक नमूना बस्ति काम सकेर हस्तान्तरण हुदैछ । शंघमूल पार्क हस्तान्तरण भैसक्यो । त्यस्तै, एनआरएनएको आफनै भवन पनि सरिएको छ । हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । विज्ञ सम्मेलनमा गर्ने परम्परा सुरु गरेका छौं । साथै, यसपटकदेखि राष्ट्रिय खेलकूदमा एनआरएनएको टोलीले पनि भाग लिन थालेको छ । यी केहि महत्वपूर्ण काम भए त्यसबाहेक पनि थुप्रै कामहरु भएका छन् ।

अझै पनि एनआरएनएलाई धनीको मात्रै सस्था भन्ने गरिन्छ यहाँको कार्यकालमा यहाले ओशिनियामा रहेका नेपाली बिधार्थीको लागि के–के गर्नुभयो ?
जब जब कुनै पनि देशमा नेपालीलाई समस्या पर्दछ, त्यस देशमा रहेका नेपालीहरु मिलेर समस्या समाधान गर्ने हामी एनआरएनको संस्कार हो । त्यसैले हामी आसेनिया क्षेत्रमा पनि हामी हाम्रा विद्यार्थी तथा अन्यको हकमा उनीहरुका लागीस् के कसरी सहयोग गर्न सकिन्छ, त्यसमा लागी नै रहेका छौं, लागी रहन्छौं । म आफै जापानमा विद्यार्थी भएर अनि आफनो काम पनि गरेर यहाँसम्म आइ पुगेकोले विद्याथीहरु प्रति मेरो भावनात्मक रुपमा सम्बन्ध छ । त्यसैले मैले एनआरएन जेनरेसन नेक्स्ट भन्दछु । त्यो भनेको एनआरएनको भविष्य हो । उनीहरुलार्य कसरी जोड्ने र उनीहरुको साथ र सहयोगले युवा एनआरएन कसरी बनाउने भन्ने बारेमा म चिन्तित पनि छु ।

एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्टको कार्य प्रगति के कस्तो भइरहेको छ ?
अहिले लगभग लगभग काम सकिसकेको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हाम्रो लक्ष्य चाँडै नै सम्पुर्ण लाभग्रहीहरुलाई घर हस्तान्तरण गर्नेछ । तर त्यहाँ मौसम अनि एकदम विकटता जस्ता कारणले यो संभव भएन । जस्तै काठमाडौमा ८०० को सिमेन्ट त्यहाँ पुग्दा १६०० देखि २०००सम्म पुग्छ । काठमाण्डौमा एक ट्रयाक्टर बालुवा ४००० मा पाइन्छ भने त्यहाँ १०,००० देखि १२,००० पर्छ, सुन भन्दा महङ्गो छ । त्यस्तै काम गर्ने मान्छे पाउन पनि मुश्किल । तर, हामीलाई नेपाली सेनाहरुले सघाएका छन् र अरु भोलियेन्टरहरुले पनि सघाए । जसका कारणले गर्दा खेरी हामी चाँडै नै लाभग्राहीहरुलाई घर हस्तान्तरण गर्ने प्रयासमा छौं ।

एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि त्यो नारामा मात्रै सिमित हो कि ? 
धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्ष अघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्यायनले करिब ३० अर्बको लगानी देखाएको थियो । हाद नयाँ अध्यायन हुदै छ । तर पनि सस्ृर्ती तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्येपनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटेलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यस्तै क्षेत्रगतरुपमा हेर्दा कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब बढि एनआरएनको नेपालमा लगानी देखिन्छ । साथै, विदेशमा सिकेका सीप लिएर धेरै साथीहरु नेपालमा हाल आफनै ब्यवासाय गरिरहन्ु भएको छ । यस्तै, एनआरएनको विद्धतालाई सकरारले कदर गरेर १५ औं योजनाको आधारपत्रमा पनि छलफल गरेको थियो । त्यसमा हाम्रा साथीहरुले सुझाव दिनु भएको छ ।

एनआरएनले यसअघि नै नेपालमा १० अर्ब लगानी भित्र्याउने घोषणा गरेको छ, त्यो लगानी नेपालमा कसरी भित्र्याउने भनिएको हो ?
हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । यसलाई सामुहिक लगानी संयन्त्र बनाउने सोच हो । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समुहले लगानी गर्नेछन् । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रति महिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामुहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसिप पनि हुन्छ । त्यसको मोडालिटिमा काम भइरहेको छ । छिट्टै हामी त्यसलाई फाइनल टच दिएर बाहिर ल्याउँछों ।

एनआरएनले नेपालमा अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो यस्ले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो त ? 
एनआरएनका साथीहरु जुन जुन देशमा हुनुहुन्छ, त्याहाँ आफनो योग्यता तथा दक्षताको आधारमा अनुभवको आधारमा धेरै कुरा नेपालमा सेयर गर्न सक्नु हून्छ । त्यसैले हामीले अक्टोबरमा गरेको सम्मेलनामा साथीहरुले आफनो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्नुभयो । त्यसको लेखोटमा उतारेर हामीले सरकारलाई पनि बुझाएका छौं । यसरी नेपाल बहिरका मुलकसंग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम एनआरएनका साथीहरुले सरकारसंग मिलेर गर्दा नेपालको विकास तथा प्रगतिमा हातेमालो गर्न पाउँदा हामीलायृ गर्व हुन्छ । किनकि हामी जहाँ बसे पनि आखिर नेवाली नै हो र नेपालको विकास हुँदा नेृपाल समृद्ध हुँदा हाम्रो पनि सम्मान बढ्छ । विदेसिले हामीलाई हेर्ने नजर नै फरक हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु