• भूकम्पमा पूर्णरूपमा क्षति भएका आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ असार २०७६, सोमबार १४:३०

    १६ असार, काठमाडौं
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा पूर्णरूपमा क्षति भएका आवास पुनर्निर्माणका लागि असार २१ गतेसम्म अनुदान सम्झौता गरिसक्न आग्रह गरेको छ ।सरकारले पूर्णरूपमा क्षति पुगेका घरलाई पुनर्निर्माण गर्न तीन लाखका दरले दिएको अनुदान दिएको लिनका लागि अनुदान सम्झौता गर्न लाभग्राहीलाई प्राधिकरणले अनुरोध गरेको हो ।प्राधिकरणले सूचना निकालेर जेठ मसान्तभित्र लाभग्राही सूचीमा समावेश भएका भूकम्पपीडितलाई अनुदान सम्झौता गरिसक्न आग्रह गर्दै सम्झौता गरिसकेकाले असार मसान्तभित्र पहिलो किस्ताबापत् ५० हजार लिइ सक्नुपर्ने प्राधिकरणको भनाइ छ ।२०७५ असार मसान्तसम्म पहिलो किस्ता लिएकाले दोस्रो किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने र गत वर्ष असार मसान्तसम्ममा दोस्रो किस्ता लिएका भूकम्प पीडितले माघ मसान्तभित्र किस्ता लिन सक्ने प्राधिकरणले जनाएको छ ।जोखिम वर्गमा परेका लाभग्राहीको अद्यावधिक विवरण भदौ मसान्तसम्म प्राधिकरणमा उपलब्ध गराउनुपर्ने भएको छ ।
    इञ्जिनियर र प्राविधिक पुग्नुअघि नै बनेका घरको विवरण बुझाउने र छुट सर्वेक्षणको लगत संकलन गर्ने समय सोमबारसम्म मात्रै छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु