
काठमाडौं । गायक भागिरथ चलाउने र गायिका एलिना खनालको स्वरमा “मुसा संगै मुसी” बोलको तीज गीत सार्बजनिक भएको छ । गीतमा दिनेश सापकोटाको शब्द र भागिरथ चलाउनेको संगीत रहेको छ ।भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । सार्वजनिक गीतको भिडियोमा रामजी खांड र एलिना खनाललाई फिचर्ड गरिएको छ । गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।


