• प्रेम गीत ३ मा ‘गीत’ को भूमिकाका क्रिस्टिना गुरुङ अनुबन्धित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ असार २०७६, मंगलवार ०८:१३

     काठमाडौं । आसुसेन फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्म “प्रेम गीत ३” को लागि मुख्य अभिनेत्री चयन भएको छ । फिल्म प्रेमगीत ३ लामो समय देखि चलिरहेको छ । २७ सय बढिले गीतको भूमिकाको लागि आवेदन भरेका थिए जसबाट २५ जना अडिसनको लागि छनौट गरिएको थियो ।

    अन्तत : प्रेम गीत ३ मा ‘गीत’ को भूमिकाका लागि अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङ अनुबन्धित भएकी छिन् । उनी फिल्मको अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग स्क्रृन सेयर गर्नेछिन् ।

    फिल्मलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । २०७६ को बहुप्रतिक्षित फिल्ममा छेतेन गुरुङ्ग र मन्दिप गौतमको लेखेन रहेको छ । फिल्मलाई निर्देशक सन्तोष सेन र विजय चामलिङले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु