नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

शिवकुमार बरुवालको प्रमुख अतिथि मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, नर्वेको छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १८ गते, बुधबार ०९:१८

काठमाडौं –गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, नर्वेको छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । नर्वेको ओस्लोमा २०१९ जून २९ मा उल्लेख्य महानुभावहरुको उपस्थितीमा महाधिवेशन सम्पन्न भएको हो । । राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं क्षेत्रीय संयोजक शिव कुमार बरुवाल र राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष संजीवकुमार थापाले पानसमा बत्ती बालेर गर्नुभएको थियो। संजीवकुमार थापाले अध्यक्षता गर्नुभएको राष्ट्रिय अधिवेशन कार्यक्रम संस्थाका महासचिव राजु अर्यालले संचालन गर्नुभएको थियो।

प्रथम उपाध्यक्ष शालिग्राम अर्यालले सबैलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो। राष्ट्रिय अधिवेशनको प्रथम चरणको औपचारिक कार्यक्रममा राष्ट्रिय समन्वय परिषद, नर्वेका सल्लाकारज्यूहरु तथा अग्रज व्यक्तित्वहरु र विभिन्न संघ संस्थाका प्रमुखहरुले अधिवेशनको पूर्ण सफलताको कामना गर्नु भएको थियो। प्रमुख अतिथि एवं क्षेत्रीय संयोजक शिव कुमार बरुवालले संसारभर झन्डै ८० वटा संघको राष्ट्रिय समन्वय समितिहरु रहेको जानकारी गराउनु भयो। वहाँले नेपालको समृद्धिकोलागि परोपकारी काम मात्रै पर्याप्त नभएको र एनआरएन हरुको प्रत्यक्ष लगानी, शिप र दक्षताको आवश्यकता रहेको बताउनु भयो।
दोश्रो चरण बन्दसत्रमा महासचिव राजु अर्यालले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष बिना नेवार श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। सामान्य परिमार्जन सहित सर्बसम्मत रुपमा बार्षिक तथा आर्थिक प्रतिबेदन पारित गरिएको थियो। विधान संशोधन समितिको तर्फबाट आइसीसी सदस्य द्वारिका महर्जनले विधान संशोधनका प्रस्ताबहरु प्रस्तुत गर्नु भएको थियो। छैठौ राष्ट्रिय अधिवेशनमा उपस्थित सदस्यहरु बीच गहन छलफल भई विधान संशोधनका प्रक्रिया सम्पन्न गरिएको थियो। कार्यसमितिमा पदाधिकारी संख्या थप एवं एक उपाध्यक्ष सहित एक तिहाइ सदस्य ओस्लो बाहिरबाट प्रतिनिधित्व महत्वपूर्ण संशोधनका रुपमा रहेका छन्।
यस अघि मिति २०१९ जून ८ मा हुने भनिएको राष्ट्रिय समन्वय परिषद, नर्वेको छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न असम्भव भएपछि स्थगित गरिएको थियो। राष्ट्रिय अधिवेशनको निर्वाचन प्रक्रियालाई लिएर उठेको आलोचना, बिरोध र असन्तुष्टीहरुलाई सम्बोधन गर्दै छलफल र समस्या समाधानकोलागि धेरै प्रयासहरु पनि भएका थिए। यूरोप क्षेत्रीय संयोजकज्यूको सहयोग र सल्लाह अनि पहलमा विभिन्न चरणमा सहमतिका प्रयासहरुपछि नयाँ कार्यसमिति निर्माण नयाँ प्रक्रियाबाट पूनः शुरु गर्ने निम्न बमोजिमको निर्णयहरु सहित छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न गरिएको छ।
१, राष्ट्रिय अधिवेशन अघि गठन गरिएको निर्वाचन समितिलाई अधिवेशनमा धन्यवाद ब्यक्त गर्दै बिदाइ गरियो। २, नयाँ निर्वाचन समिति निर्माणमा डा सुरज थापा ९संयोजक० , प्रो, डा बिशाल कुमार सिटौला, नबराज गुरुङ, सन्तोष बानिया र मनिष बुढाथोकीलाई सदस्यहरुमा चयन गरिएको छ। यो समितिले सम्पूर्ण निर्वाचन नयाँ प्रक्रियाबाट गर्नेछ।
अध्यक्ष संजीव कुमार थापाले प्रस्तुत गर्नुभएको नयाँ निर्वाचन समितिको प्रस्तावलाई अधिवेशनमा उपस्थित सदस्यहरुले पारित गरे पश्चात वहांले वर्तमान कार्यसमिति बिघटन गरिएको घोषणा गर्नुभयो। निर्वाचन सम्पन्न गरि नयाँ कार्यसमिति निर्माण नभए सम्म सोहि कार्यसमितिले कार्य सम्पादन गर्ने निर्णय पनि अधिवेशनमा गरिएको थियो। कार्यक्रममा २०० भन्दा माथि पंजीकृत सदस्यहरुको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु