• भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ असार २०७६, बुधबार १२:४८

    काठमाडौं ।भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    बर्मिङघममा भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो ।

    बंगलादेशका लागि शकिब अल हसनले ६६ तथा मोहमद साइफुदिनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

    भारतविरुद्ध खेलसंगै शकिबले एकै विश्वकपमा ५ सय बढी रन र १० बढी विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

    यस्तै बंगलादेशका सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए ।

    भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयाले ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

    भारतका रोहित शर्माले शतकीय इनिङस खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । योसंगै रोहित कम खेलमा सर्वाधिक चाँडो ५ शतक बनाउने खेलाडी बने । उनले विश्वकपको १५ इनिङ्समा ५ शतक बनाएका हुन् ।

    यस्तै ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय ईनिङ्स खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे ।

    बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १/१ विकेट हात पारे ।

    जितसंगै भारतले ८ खेलबाट १३ अंक जोडेको छ । र, भारत तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशले ८ खेलबाट ७ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु