पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

आईफा अवार्ड स्थगन् गर्नु गलत, नेपाल–भारत सम्बन्ध बिग्रिन्छ : डा. दिक्षित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १८ गते, बुधबार १८:०७

काठमाडौं, १८ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी भएको र नेपालीहरु पनि दोषी भएको प्रतिक्रिया दिए । उनले आईफा अवार्ड स्थगन गर्दा विस्तारै सुध्रन लागेको नेपाल–भारत सम्बन्ध पनि बिग्रने ठोकुवा गरे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै दिक्षितले भारतसँग नेपालको महत्वपूर्ण सम्बन्ध रहेको सुनाए । तर, आईफा अवार्डबारे सुरुवातदेखि नै विरोध हुनु र यो विषय मन्त्रिपरिषद हुँदै संसदसम्म पुग्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘आईफा अवार्ड नगर्न संसदीय समितिले निर्देशन दिनु गलत काम भयो । आईफामार्फत भारतसँग सम्बन्ध सुध्रिन थालेको थियो । त्यो पनि अब बिग्रिने भयो ।’
आफूहरुले सन १९९६ मा काठमाडौंमा भारतीय चिकित्सकहरुको सम्मेलन सफल रुपमा आयोजना गरेर देखाएको स्मरण गराउँदै दिक्षितले भने,‘हामीले चार हजार भारतीय चिकित्सकहरुको भव्य सम्मेलन काठमाडौंमा सम्पन्न गरेका थियौं । भारतको चिकित्सकहरुले पहिलो पटक देशबाहिर गरेको सम्मेलन थियो, उहाँहरुले आग्रहअनुसार मैले व्यवस्थापन गरेको थिएँ ।’ उक्त सम्मेलनमा नेपालले एक रुपैयाँ पनि खर्च नगरेको उनले जनाए ।उक्त सम्मेलनले नेपालमा राम्रो व्यापार भएको पनि दिक्षितले स्पष्ट पारे । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय स्वास्थ्यमन्त्रीको उपस्थितिमा उक्त सम्मेलन बानेश्वरको बिआईसिसी भवनमा गरेको उनले सुनाए । उनले आईफा अवार्ड सञ्चालन गर्न नेपालले पैसाभन्दा पनि ईज्जत दिनुपर्ने थियो भन्ने धारणा राखे । उनले भने,‘भारतीय चलचित्रकर्मीहरुले एउटा मुभीबाट अरवौं रुपैयाँ कमाउँछन् ।
संसदीय समितिले अवार्ड नगर्न दिएको निर्देशनप्रति टिप्पणी गर्दै दिक्षितले समितिको निर्णय पूर्ण रुपमा गलत भएको गुनासो पोखे । उनले भने,‘अब एक एक भारतीयहरुले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण नै नकरात्मक हुन्छ । अहिलेपनि साहरुख खान र सलमान खानलाई हेर्न मेला लाग्छ ।’ नेपाल सरकारले कार्यक्रमको लागि पैसा दिन्छु भनेर लोभ्याउन खोज्नु नै गलत भएको उनको दाबी छ ।

उनले भने,‘यत्रो ठूलो अवार्ड कार्यक्रम गर्दा गृहकार्य गर्नुपर्ने थियो, तर सरकारले त्यतातर्फ ध्यान दिएन् । ओलीजीले भारतसँग सम्बन्ध बिगारेका थिए, मोदी आएपछि सम्बन्ध सपार्न खोजेका थिए । त्यही भएर यो निर्णय लिएका थिए ।’

अवार्ड कार्यक्रम नै रद्द गर्दा नेपालको ईज्जत धुमिल भएको दिक्षितको आरोप छ । उनले भने,‘यो कार्यक्रम रद्द गर्दा नेपालको ईज्जत कहाँ पुग्यो ? हाम्रो ईज्जत खत्तम भयो । यो अवार्ड नेपालमा आयोजना गर्नु भनेको सुन पार्ने कुखुरा थियो, तर हामीले कुखुरा नै काटिदियौं ।’ उनले कार्यक्रम नै रद्द गर्दा संसारभरि नेपालको बारेमा नराम्रो सन्देश जाने पनि खतरा औंल्याए ।

उनले भने,‘यसले पनि नेपाल भारतविरोधी छ भन्ने देखिएको छ । यो अत्यन्तै दुःखको कुरा हो ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै बोल्ने गरेको र काम चाहीँ कम गरेको पनि दिक्षितले टिप्पणी गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु