नेपाली दुतावास द्वाराओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १८ गते, बुधबार १८:१७

काठमाडौं, १८ असार । नेपाली दुतावासद्वारा ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको छ । यही जुलाई १ मा ओमानको डब्ल्यू मस्कट होटलमा सम्पन्न कार्यक्रममा ओमानका लागि नेपालकी महामहिम राजदूत शर्मिला पराजुली ढकाल प्रमुख अतिथि, ओमानको उद्योग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिब,, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डा याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनीले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा नेपाल र ओमानको राष्ट्रिय गानसँगै मालश्री धुन समेत बजाइएको थियो । सोही कार्याक्रममा २९–३० मार्च ,२०१९ मा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका सम्माननीय प्रधानमन्त्री लगायत अन्य देशका प्रमुख व्यक्तिहरुद्वारा सम्बोधित प्रमुख विषयहरुलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।महामहिम राजदुत ढकालले मन्तव्यका क्रममा सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानीको महत्वबारे प्रकाश पार्नुभयो । कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका लगानीका क्षेत्रबारे महामहिम राजदुतज्यूले धारणा राख्नुभयो । मन्तव्यकै क्रममा सम्बन्धित क्षेत्रका भिडियोहरु पनि सँगै प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत ढकालले लगानी अनुकूल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा ल्याएका सुधारहरुबारे पनि जानकारी दिएक िथिइन । राजदूत ढकालले नेपालको सामाजिक–आर्थिक विकासको लागि विश्वका सहयोगी हातहरुलाई सहयोगको लागि आग्रह गरिन। कार्यक्रममा प्रमुख अतिथि अहमद बिन हसन अलदिबई राजदुत ढकालले मायाको चिनो प्रदान गरेकी थिइन ।कार्यक्रममा विभिन्न देशका राजदूत, मिसन प्रमुख, विभिन्न एम्बेसीका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण(आइटिएचआरएए)ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरु सहित करिब ५५ जनाको कार्यक्रममा सहभागिता रहेको थियो । उपस्थित मिसन हेड र राजदुतज्यूहरुले लगानीको सम्भावनाको लागि विशेष चासो देखाउनुभएको थियो । ओमान सरकारका तर्फबाट लगानीको लागि छलफल भइरहेको बेला सो कार्यक्रमले थप सहयोग गरेको ओमान सरकारका प्रतिनिधिज्यूले प्रतिक्रिया दिए । उक्त कार्यक्रमको अन्त्यमा नेपाली दुतावासद्वारा जानकारीको लागि सूचना प्याक वितरण गरिएको थियो । साथै भविष्यमा नेपाली दूतावास मस्कटले सूचना डेक्स खुला राख्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु