
काठमाडौं । चर्चित लोकप्रिय गायिका पुर्णकला बि.सिको “पापी तीज” बोलको तीज गीत सार्वजनिक भएको छ । कस्तुप पन्तको शब्द तथा संगीत रहेको उक्त गीतमा कमल सौरागको एरेंज रहेको छ । नेपाली चेलीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा तीजमा माइत जान नपाउँदाको पिडालाई समावेश गरिएको छ । अन्जली अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् ।


