• जापानी उद्दमी मिचाकी योदालाई एक समारोहका बीच मानर्थ सल्लाहकारमा नियुक्त गर्दै सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १८:०५

    असार २० काठमाडौं । युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(युनिका)को आयोजनामा आज राजधानीमा जापानी उद्दमी मिचाकी योदालाई एक समारोहका बीच मानर्थ सल्लाहकारमा नियुक्त गर्दै सम्मान गरेको छ। प्रमुख अतिथि माननीय नबराज सिलावालले सस्थाको प्रमाणपत्र र खादा ओडाएर जापानी उद्दमी योदालाई सम्मान गरेका हुन।सोही अबसरमा आफ्नो मन्तव्य राख्नु हुँदै माननीय सिलवालले खेलकुदको माध्यमबाट आपसी भाईचारा बढने र मुलुकको लागी केही गर्न चाहना राख्ने युबालाई सरकारले साथ दिनु पर्ने धारण राख्नु भएको थियो।उक्त अबसरमा सम्मानित भएपछि जापानी उद्दमी योदाले आफुले खेलकुदलाई सक्दो सहयोग गर्ने र आगामी दिनमा नेपालमा बिकाशको कार्यक्रमहरुमा समेत अगाडि सारेको कुरा बताउनु भयो। कार्यक्रममा रास्ट्रीय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर केशी,इरिमा ईन्टरनेशनलका बेल्जियम प्रतिनिधि एब पुर्ब क्युकोशिन खेलाडी सुदर्शन सिम्खडा लगाएतले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रमको सन्चालन डिएन घिसिङले गर्नु भएको सो कार्यक्रममा सभापतित्व युनिका क्युकोशिन करातेका उपाध्यक्ष प्रभाकर बिक्रम शाहले साथै कार्यक्रमको समायोजन सुरज इन्द्र मल्लले गर्नु भएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु