तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हेम बहादुर मल्ल सम्मान गौतम र पाण्डेमा समर्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार ८:१०

काठमाडौं, कुशल प्रशासक एबम् ब्यवस्थापक हेम बहादुर मल्ल सम्मान २०७१ र २०७२, क्रमश: पूर्व मुख्य सचिव तथा पूर्व राजदूत दामोदर गौतम र पूर्व मन्त्री तथा नागरिक अगुवा देवेन्द्र राज पाण्डेमा समर्पण गरिएको छ । शुक्रवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्य र नेपाल जन प्रशासन संघद्वारा आयोजित सम्मान समर्पण कार्यक्रम माझ शताब्दी पुरुष संक्रितीविद् सत्यमोहन जोशीले उहाहरुलाई दोसल्ला, प्रमाण पत्र एबम् दुई लाख राशी सहित सम्मान गर्नुभयो ।
सम्मान पस्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शताब्दी पुरुष जोशीले निस्कलंकीत अग्रज पूर्व प्रशासकहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउनुहुँदै असल प्रशासक एबम ब्यवस्थापकबाट मात्रै देशमा सुशासन कायम हुन सक्ने धारणा ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथी जोशीले देशमा रहेका
नुन लगायतका खनिजको श्रोत र ईतिहास कालमा प्रशासनिक अवस्थाको बिषयमा पनि खोज अनुसन्धान गर्न आवश्यक रहेको अौल्याउनु भएको थियो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु देवेन्द्र राज पाण्डे र दामोदर गौतमले हेम बहादुर मल्ल सम्मानबाट पुरस्क्रित हुन पाउदा गौरवान्वित महशुस भएको बताउदै नेपालको प्रशासन क्षेत्रले दर्विलो खुट्टा टेकेको अवस्थामा मात्रै देशमा विधीको शासनको प्रत्याभुत हुने धारणा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल जन प्रशासन संघका निवर्तमान अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवाली,सुचना आयोगका प्रमुख आयुक्त एबम् पूर्व सचिव कृष्णहरि बास्कोटा, पूर्व मन्त्री एबम् पूर्व सचिव बिद्याधर मल्लिक,पूर्वसचिव एबम् पूर्व राजदुत मधुरमण आचार्यले हेम बहादुर मल्ल एक देशभक्त र कुशल प्रशासक रहेको उल्लेख गर्नु हुँदै उहाको निस्ठा र ब्यवसायिकपनको सिको गर्न सकेको खण्डमा देशलाई फाइदा पुग्ने धारणा राख्नुभएको थियो ।
त्यसै गरि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समितिका अध्यक्ष तथा पूर्व साम्सद लक्ष्मीदास मान्न्धर एबम प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठले हेम बहादुर मल्ल एक इमान्दार एबम कुशल प्रशासक रहनुभएको कुरा स्मरण गर्नु हुँदै उहाले साल्ट ट्रेडिङ कर्पोरेशनका साथै देशको आपुर्ती ब्यवस्थापन कार्यमा पुर्याउनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु