काठमाडौं, २१ असार । जापानका व्यवसायी तथा एनआरएनए अभियन्ता रोविन्द श्रेष्ठ (गोविन्द)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि एसिया प्यासिफक क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो कार्यकालमा झिनो मतान्तरले संयोजक पदमा पराजित भएका श्रेष्ठ यसअघि क्षेत्रीय उपसंयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका व्यक्ति हुन् । सामाजिक अभियन्ताको परिचयसमेत बनाएका श्रेष्ठ एनआरएन अभियानमा लामो समयदेखि सक्रिय छन ।
निरन्तर एनआरएनका क्रियाकलापमा सक्रिय श्रेष्ठले पदमा रहदा होस या नरहदा एनआरएन भवन, लाप्राक नमुनावस्ती निर्माण, वाराका हावाहुरी पीडितलगायतमा संघको प्रतिनिधित्व गर्दै तथा व्यक्तिगतरुपमा ठुलो सक्रियता र सहायता प्रदान गरेका थिए । विगतमा एसिया प्यासिफिक उपसंयोजक भएर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेको र त्यसयता पनि निरन्तर संस्थामा रहेर काम गरिरहेकाले ती अनुभवहरुलाई उपयोग गर्दै एनआरएनए अभियानमा थप योगदान पुर्याउने अठोटसहित एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा आफुले दावेदारी प्रस्तुत गरेको श्रेष्ठको भनाई छ ।
एनआरएन अभियानमा आफु छोटो यात्राका लागी नभई एउटा पूर्ण यात्रीको रुपमा जोडिएको हुँ, तसर्थ मलाई यो अभियानमा यहाँहरुको साथ सहयोग र अपार मायाँको निरन्तर खाचो छ र दिइरहनुहुन्छ भन्ने अपेक्षा पनि छ’ श्रेष्ठ भन्छन –‘सम्पूर्ण अग्रजहरु तथा शुभचिन्तकहरुको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र क्रियाशील बनाउने प्रणसहित आगामी एनआरएनए अधिबेशनमा एनआरएनए एसिया प्यासिफिक सयोजकको रुपमा उभ्याएको छु, यहाँहरुले मलाई सल्लाह, सुझाब, साथ–सहयोग र मायासहित यो जिम्मेवारी निर्वाहका लागि योग्य सम्झनुहुनेछ भन्ने बिश्वास गरेको छु ।’जापानका अलवा नेपालमा पनि विभिन्न व्यवसायको क्षेत्रमा हात हालेका श्रेष्ठ एनआरएन अभियान विशुद्ध सामाजिक अभियान रहेको र गैरआवासीय नेपालीहरुसँग देशले पनि धेरै अपेक्षा गरेको भन्दै उक्त जिम्मेवारी निभाउन तत्पर भएर नै नेतृत्वका लागि आफु अघि बढेको बताए ।
‘हामीले स्वदेशमा रोजगारी सिर्जनासँगै लगानी भित्राएर मुलुक समृद्ध बनाउने अभियान गरिरहेका छौ, यसलाई अझ व्यापक र बृहत बनाउन आवश्यक छ त्यसका लागि संस्थागतरुपमा उपयुक्त जिम्मेवारी निर्वाह गर्ने मेरो अठोट हो’ श्रेष्ठले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै भने –‘एनआरएन अभियानमा मैले पु¥याएको योगदान सबै साथीहरु सामू छर्लङग नै छ, यहाँहरुको सल्लाह, सुझाव तथा साथ सहयोगले अझ धेरै योगदान पु¥याउने अवसर पाउनेछु भन्नेमा म आशावादी छु ।’ श्रेष्ठलाई दक्षिण कोरियाबाट पूर्व उपसंयोजक विनोद कुवरलगायत एसिया प्यासिफिक क्षेत्रका अधिकांश एनआरएनए एनसीसीबाट समर्थन रहेको छ ।
सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनिहरुमा
नमस्कार !
म बिगत लामो समय देखि जापानमा आफ्नो कर्मथलो गराउदै गर्दा एनआरएनए अभियानमा जोडीइरहे । विदेशमा रहेर सबै नेपालीलाइ जोड्ने साझा सस्था एनआरएनए भएको कारण यसमा निरन्तर जापानको नागोयाको क्षत्रीय कमिटी गठन गर्दै केन्द्रिय समिती हुदै एनआरएनए एसिया प्यासिफिक उपसंयोजक सम्म सक्रिय रहि नेपाल तथा जापानमा नेपालीको समस्यामा हरेक बखत आफुलाई सक्रिय पार्दै आइरहेको छु ।
यो अभियानमा लागे देखिनै यहाँहरुको माया सदभाब अग्रजहरुको साथ सहयोगले गर्दा आज सम्म निरन्तर लाग्ने जुन उर्जा शक्ति मिलेको छ आशा छ त्यो भविष्यमा पनि मिल्नेछ ।
म गत कार्यकालमा एसियाको सयोजकको लागि झिनो मतले पराजित भए पच्छात, यो अभियानमा सांगठानिक रुपमा आधिकारीक जिम्मेबारी नभएपछि अलि सुस्ताएको महशुस हुनु स्वभाबिक हो, तर मलाइ लाग्छ यो अभियान हो यो निरन्तर चलिरहन्छ यसलाई हार जितले खास फरक पार्दैन, म पदमा रहे पनि नहददा त्यसले मलाइ खास असर गरेको जस्तो ब्यक्तिगतरुपमा महशुस गरेको छैन, चाहे बारामा बाढी हावा हुरी आउदा होस्, चाहे एनआरएनए भवन निर्माण कार्य सक्रियताहोस् अथवा बस्ति निर्माणमा होस् म निरन्तर जोडीइरहेको छु आफुलाई सक्रिय गराई रहेको जानकारी यहाँहरु समक्ष गराउन चाहन्छु । संगै जापानमा हुने हरेक गतिबिधिमा अविछिन्न रुपमा म लागिरहेको र लागिरहने समेत समेत जानकारी गराउन चाहन्छु । म सक्रिय सामाजिक अभियानमा लागोस भन्ने चाहने सम्पूर्ण मेरा सुभचिन्तकहरुलाइ हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।
म यो अभियानमा एउटा छोटो यात्रीबनेर जोडिएको होइन, अन्तसम्म पुग्नको लागि पूर्ण यात्रीको रुपमा जोडिएको हु, तसर्थ मलाइ यो अभियानमा यहाँहरुको साथ सहयोग र अपारमायाँको निरन्तर खाचो छ ।
मेरा अग्रजहरु मेरा शुभचिन्तकज्यू हरु सबैको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र अझ क्रियाशील गराउने प्रण सहित आगामी एनआरएनए अधिबेशनमा आफुले एनआरएनए एसियाको सयोजकको रुपमा उभ्याउदै यहाँहरुको सल्लाह सुझाब संगै साथ सहयोग र मायाँले मलाइ बिजय गराउनु हुनेछ भन्ने अपेक्षा तथा बिश्वास गरेको छु । मैले एनआरएनए एसिया उपसयोजक कुशल पुर्बक कार्यसम्पादन गरिसकेको एउटा अनुभब संगै चुनावी पराजय पछि पनि निरन्तर यस सस्थामा लागि थप अनुभब बटुल्ने मौका पाएको छु । तसर्थ मैले एसिया सयोजक कुशल पुर्बक कार्यसम्पादन गर्न सक्छु भन्ने बिश्वास लिएको छु ।
यो सामाजिक अभियानहो, आफ्नो काम संगै देश विदेशमा बिभिन्न तरवले हामीले देशको समृद्धि संग एनआरएनएको महत्वपूर्ण भूमिका जोडिएको छ । विदेशमा होस् वा नेपालमा बिदेशीएका नेपालीहरुले यो या त्यो तरवले नेपालीलाइ नै रोजगार स्थापना गरिरहेका छन् । पछिल्लो चरणमा हाम्रै पहलमा बिभिन्न कोणबाट धेरै नेपालीलाइ नेपालमानै रोजगारको सृजना भएको गरिएको छ । यो अभियान समाज सेवामात्र नभएर विदेशमा मात्र होइन नेपालमा पनि लगानी भित्राउनु पर्छ भन्ने मूल भाबलाइ आत्मसाथ आफुले सकेको यसलाइ आत्मसाथ गर्दै काम गर्दै आइरहेको छु र भविष्यमा अझ बढाउने समेत जानकारी गराउदछु । अन्तमा यो अभियानमा सुरुदेखि लागेदेखि हाल सम्म आउदा साथ सहयोग दिनुहुने सम्पूर्णमा हृदय देखिनै धन्यबाद दिन चाहन्छु । बिगतमा कहिँ कतै भएका कमि कमजोरी भएको भए आत्मसाथ गर्दै यो अभियानमा थप सक्रिय भएर लाग्न यहाँहरु को साथ सहयोग, सल्लाह र मायाँ पाउनेमा बिश्वस्त रहेको छु ।
धन्यबाद ।
रोविन्द श्रेष्ठ गोबिन्द
एनआरएनए एसिया प्यासिफिक सयोजक प्रत्यासी