बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

पर्यटकिय नगरी पोखरामा पर्व सुधारसम्बन्धी छलफल गर्न विज्ञहरुको भेला सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार १७:२४

राज ढुंगाना
असार २१,काठमाडौँ । पर्यटकिय नगरी पोखरामा पर्व सुधारसम्बन्धी छलफल गर्न विज्ञहरुको भेला सुरु भएको छ । शनिबारबाट सुरु भएको गोष्ठीमा गण्डकी प्रदेशका उद्योग,पर्यटन , वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्व सुधार आजको आवशयकता भएको बताएका छन । पर्व समय सुधार राष्ट्रिय समाज नेपाल र नेपाल निवृत शिक्षक समाजको संयुक्त आयोजनामा भएको दुई दिने विचार गोष्ठीमा मन्त्री लम्सालले पर्व समय सुधारको सवालमा विवाद गर्न नहुने भन्दै देशभर एउटै मत बनाउन गोष्ठीले सहयोग पुर्याउने बताए ।
उनले पर्व सुधारको बहस पहिल्यै सुरु भएको र सरकारले यस विषयमा पटक–पटक छलफल गरी निर्णय समेत गरेको अवस्थामा यथास्थितीमा बस्न रुचाउनेले पर्व समय सुधार गर्न नचाहेको बताए । उनले पछिल्लो समय हरेक निर्णय गर्न सरकार डराउनु पर्ने अवस्था रहेको उल्लेख गरे । लम्सालले भने– ‘सवै विज्ञले बुझेर नै यसको अभियान चलाईरहनु भएको छ, अझै यो अभियानलाई देशव्यापी बनाउनुहोस्, आम नागरिकलाई प्रष्ट बनाउनुहोस् ।’ उनले थपे– ‘गण्डकी प्रदेश सरकारले पर्व सुधारको विषयलाई अघि बढाउन तयार छ, तपाईहरुको पोखरा घोषणापत्रले पर्व सुधार गर्न देशभर दवाव कायम गर्न सफल हुनुहोस् ।’ उनले आफु संविधान सभाको सदस्य रहेकै बेला पर्व समय सुधारको विषय उठेको र त्यसबेला संविधान बनाउने चटारोले ठोस निर्णयमा पुग्न नसकिएको बताए । गोष्ठीमा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितीका सदस्य सचिव हरीनारायण मल्लले नेपाल बाहेक अरु देशले समयलाई सुधार गर्दै गएको बताउदै अक्टोबर क्रान्ती नोभेम्बरमा मनाइदै आएको उदाहरण दिएर भने–’हामीले सबैलाई समेटेर लैजानसक्न पर्छ, पण्डितहरुले पनि पर्व समय परिवर्तन चाहेका छन तर उनिहरु दवावका कारण खुल्न चाहेका छैनन् ।’ उनले एक महिना पात्रो फेरेर कुनैपनि हालतमा एक महिना अघि बढ्ने दावी गरे।

विज्ञहरुले भने–पर्व समय सुधार गर्न ढिलो भयो, परिवर्तन नभए सबै कार्य अपुरो

कार्यक्रममा ज्यातिष विज्ञ तथा पञ्चाङ्ग निर्णायक समितीका सदस्य दैवज्ञ कृतिमदन जोशीले १५ बर्षदेखी यो अभियानमा लागेको बताउदै अहिलेको समयमा एक महिना सुधार गर्दै पञ्चाङ्ग पात्रो शुद्ध गर्न जरुरी भैसकेको उल्लेख गरे । उनले प्रकृतिजन्य आर्तवमान अयन चलनले गर्दा अधिकमासको एकमहिने हद पर्वहरुले उल्लघंन गरिसकेको बताए । विज्ञ जोशीले अहिलेको पञ्चाङ्ग अशुद्ध रहेको बताउदै उनले भने–म आफै समितीको सदस्य छु, तर परिवर्तन हुन सकिरहेको छैन, यसमा सबै नलागे ज्योतिष विज्ञान असफल हुनेतर्फ सचेत हुनुपर्छ । उनले विश्वमा प्रचलित हुने अधिकांश पात्रो सायन गरि दुई प्रकारका गणित प्रचलनमा रहेको बताउदै नेपाल सौरअयन सापेक्ष चन्द्रअयन अर्थात सायन र निरयन दुवै पद्धति मान्ने मुलुक रहेको बताए । उनले नेपाली र भारतीय पात्रो पञ्चाङ्गहरुमा निरयन गणितका कारण सायनगणितमा प्रतिवर्ष लगभग २० मिनेटको अन्तर हुने गरेको बताए । यूरोप तथा अमेरिकी क्यालेण्डर सन १५८२ मै सच्चिएको बताउदै जोशीले नेपालले भारतकै पछि लागेर पर्व समय सुधार गर्न नसकेको बताए ।

कार्यक्रममा खगोलविद जयन्त आचार्यले कार्यपत्र प्रस्तुत गर्दै नेपालको सन्दर्भमा करिव २४, २५ दिन फेरबदल हुनुपर्ने बताए । उनले समय विग्रदै गएकोले यसलाई सच्याउन ढिला भईसकेको बताए । उनले पर्व सुधारको कुरा गर्दा ईस्वी संवतलाई लागु गर्न लागियो भन्ने हल्ला चलाईको बताए । उनले पर्व सुधार समयको माग रहेको बताए । उनले धर्म–संस्कार विगार्न नभई अझै परिस्कृत ढंगले अघि बढाउन पर्व समय सुधार जरुरी रहेको बताए । गोष्ठीमा फलादेश ज्यातिष केशरगोविन्द जोशीले हरेक विवादको समाधान रहेको बताउदै पर्व सुधारको महत्व सबैले बुझ्ने बेला आएको बताए ।
गोष्ठीमा पर्व समय सुधार राष्ट्रिय समाज नेपालका महासचिव कनकविक्रम जोशीले पर्व समय सुधार्ने अभियान सफल बनाएरै छाड्ने बताए । गोष्ठीमा नेपाल निवृत शिक्षक समाजका उपाध्यक्ष तोयनाथ लामिछानेले देशभर एउटै पात्रो चलाउने र एउटै थिती बसाल्नुपर्नेमा जोड दिए । यसैगरी पोखराका समाजसेवी रविन्द्र मकाजुले समाजमा विचलन नआउने गरी पर्व समय सुधार्न जरुरी रहेको बताए । गोष्ठीमा पर्व सुधारका अभियन्ता हिरा अधिकारीले देशभर यो अभियान सुरु गरिएको बताउदै विस्तारै नागरिकमा चेतना बृद्धी हुँदै गएको बताए । गोष्ठीको सभापतित्व पर्व समय सुधार राष्ट्रिय समाज नेपालका कार्यवहाक अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए । गोष्ठीको सहजीकरण शुसिला नेपालले गरेकी थिईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु