दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमितिको बैठकले नेताहरुबीच एकता कायम हुन्छ : यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार १७:३२

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमितिको बैठकले नेताहरुबीच एकता कायम गर्ने स्पष्ट पारे । उनले भने,‘हाम्रा नेताहरुबीच एकता हुन आवश्यक छ । आम जनताले पनि त्यही चाहना राख्नुभएको छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले कांग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले भोलिको बैठकमा पार्टीको विधान पारित भैसकेकोले अब नियामावलीको प्रस्ताव आउनेपनि सुनाए । उनले भने,‘पार्टीको संरचना बनाउने कोशिस भैरहेको छ । त्यसका बारेमा पनि प्रस्ताव आउँछ ।’
सरकारले ल्याएको बजेट संघीयताअनुरुप नआएको र यसले संविधानलाई बलियो नबनाउने यादवको दाबी छ । वर्तमान सरकारले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर तुल्याउने काम गरिरहेकोले अब कांग्रेसले सरकारको गलत कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने पनि उनले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु