• गैरआवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक आजबाट म्यानमारको याङ्गोनमा सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ असार २०७६, शनिबार १८:४६

    काठमाडौं, २१ असार । गैरआवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक आजबाट म्यानमारको याङ्गोनमा सुरु भएको छ । बैठकमा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट, प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास, उपाध्य़क्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबि कार्की, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत एसिया क्षेत्र लगायत विश्वका विभिन्न देशबाट केन्द्रीय पदाधिकारी, सदस्य, मानार्थ सदस्य एवं पूर्व पदाधिकारी र सदस्यहरु सहित करिव ३ सयको सहभागिता रहेको छ । औपचारिक उद्घाटन कार्यक्रम भोलि ७ तारिक हुने भए पनि आजको कार्यक्रमको सुरुवात अध्यक्ष भवन भट्टले संवोधनबाट गर्नु भयो ।
    क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्वमा भएको बैठकमा आज एनसिसिहरुको प्रस्तुति, महिला तथा युवासंग सम्बन्धित कार्यक्रम समाविष्ट छन् । ‘नेपालको समृध्दिका लागि गैर आवासीय नेपालीहरुको भूमिका’ विषयमा बैठक केन्द्रित हुने छ ।

    यसैगरी भेलामा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व एसिया प्यासिफिक डिआरसी गोबिन्द श्रेष्ठ, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएन जापान अध्यक्ष टासी वाङ्ग्दि लामा, आइसिसी सदस्य मनोज गोर्खाली ,महेश श्रेष्ठ, बिश्व राई, सुदिप कार्की, कपिलदेब थापा,राजु सैयद एनआरएनए एसिया महिला संयोजक जुनु गुरुङलगायत दर्जनौ देशबाट सयौ प्रतिनिधी तथा सहभागीहरु म्यानमार आइसकेका छन् ।

    विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रर्वधन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो । यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने संयोजक किरण बिक्रम थापाले बताए । यस्तै बैठकमा ठूला–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु