• गैरआवासीय संघअष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ असार २०७६, आईतवार ०९:३५

    सिड्नी –गैर आवासीय संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट कँडेल आगामी दुई बर्षे कार्यकाल (सन २०१९–२०२१) को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । कँडेलले ४ हजार १ सय ४८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए भने कँडेलका निकटतम प्रतिस्पर्धी दिनेश पोखरेलले ३ हजार ७ सय ५७ मत प्राप्त गरे ।
    करिव एकलाख नेपाली बसोवास गर्ने अष्ट्रेलियामा एनआरएनएमा ११ हजार ६ सय १७ सदस्य छन् । जसमध्ये ८ हजार २सय ९५ सदस्यले मतदान गरेका थिए । सन २००८ देखी एनआरएनएको अभियानमा लागेका कँडेल २०११–२०१३ एनसीसी सदस्य हुँदै २०१३–२०१५ भिक्टोरिया स्टेट सचिव, २०१५–२०१७ र २०१७–२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एवं भिक्टोरिया स्टेटको संयोजक भएर काम गरिसकेका छन् ।
    यस्तै निर्वाचनबाट महासचिवमा डा. ज्ञानेन्द्र रेग्मीले ४१५८ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष दाहालले २५२२ मत ल्याए । । यस्तै, महासचिवका अर्का प्रत्यासी डा. शंकर ढकालले ९५० मत ल्याए । यसैगरी कोषाध्यक्षमा अनिल पोखरेलले ३८४१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वीहरु कपिल पाण्डेले २६०५ र कुशल केशीले १०७० मत ल्याएका छन । सह कोषाध्यक्षमा लक्ष्मण गोपालीले ३६१८ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सिताराम घिमिरेले ३५९१ मत ल्याएका थिए ।
    यसैगरी राष्ट्रिय युवा संयोजकमा इर्शद अहमेदले ३४५१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वीहरु विनोद पौडेलले २७८७ र विजय पौडेल उपाध्यायले १३२८ मत ल्याएका थिए । एनसीसी सदस्यहरुमा बाबुराम गौतमले ११६६ मत, कृष्ण निरौलाले ११६० मत, सागर अधिकारीले ११२६ मत, कर्णकुमार यादवले १०४६ मत, अर्जुन गौतमले १०१८ मत र विकास साप्कोटाले ९९९ ल्याएर विजयी भएका छन । यसैगरी, आइसीसी सदस्यमा राजु अधिकारीले ३४६८ मत, छविप्रसाद सापकोटाले ३३३६ मत, दिपक शर्माले ३१५४ मत, अरुणकुमार ठाकुरले ३१४२ मत, नारायण प्रसाद काफ्लेले ३०८२ मत, अशोक केसीले ३०३० मत र सन्तोष कुवँरले ३००१ मत ल्याएर विजयी भए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु