• हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्डको आयोजना हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ असार २०७६, सोमबार १७:०४

    असार २३,काठमाडौ ।नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन बर्ष मनाउने भब्य तयारी हुदै गदा २० लाख बाह्य पर्यटक भित्याउने सरकारको लक्ष्य छ । पर्यटक ल्याउने लक्ष्य सरकारको एक्लो प्रयाशले मात्रै पुग्दैन । यो अभियानमा आ आफ्नो तर्फबाट सबै लाग्न जरुरी छ ।नेपाली खानाको माध्यमबाट पनि लाखौं बाह्य पर्यटक नेपाल भित्रिने सम्भावना छ नेपाली खानाको माध्यमबाट विश्वका लाखौं पर्यटक नेपाल भित्र्याउने उदेश्यका साथ सातवटै प्रदेशको खानाको चिनारी गराउँने उदेस्यका साथ नेपाली खानाकाे प्रचार प्रसार गर्दै नेपालकाे रैथाने खानालाई विश्व वजारिकरण गर्ने अभियानका सातै प्रदेशका खानाको कक्तीमा एकवटा चलनचल्तीका खानाको प्रदर्शन तथा स्वाद चखाउने र नेपाली पहिचानलाइ प्रबद्धन गदै नेपाली खाना र नेपालको संस्कृती पर्यटन विकासमा हाते मालो गर्ने उदेश्यका साथ ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड हुने भएको छ । सोमबार पिँगलास्थानमा पत्रकार सम्मेलन आयोजना गरी फूड फेस्ट तथा अवार्डको आयोजना बारे जानकारी गराईएको हो ।फेस्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते फुड फेस्ट र कुलिनरी अवार्ड गर्ने कार्यक्रम रहेको छ । २८ गते बत्तिस पुतली स्थित अनुपम बैंक्कैटमा हुने कार्यक्रममा सिक्किम विश्वविधालयका डिन समेत रहेका हिमाली खानाका अन्वेशक प्रा। डा। ज्योतिप्रकाश तमाङले हिमाली खाना सम्बन्धी प्रस्तुती दिनेछन् । पत्रकार सम्मेलन माझ बोल्ने क्रममा ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले नेपाली खानालाई प्रवर्धन गर्ने तथा नेपाली सेफहरुलाई उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । सम्मेलन माझ पत्रकारहरुले राखेका सवाल उपर फेडेरेशनका अध्यक्ष भण्डारी, महासचिव मोहन गजुरेल, सचिव प्रेम घिसिङलाल लगायतले जवाफ पेश गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु