• फिल्म “म यस्तो गीत गाउँछु २” को गरियाे शुभ मुर्हुत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ असार २०७६, बुधबार २१:५४

    काठमाडौँ ।फिल्म “म यस्तो गीत गाउँछु” को सिक्वेल “म यस्तो गीत गाउँछु २” को शुभ मुर्हुत गरिएको छ । मनकामना मन्दिरमा फिल्मको शुभ मुर्हत गरिएको हो । फिल्म म यस्तो गीत गाउँछु २ मा पनि म यस्तो गीत गाउँछु कै जोडी नायक पल शाह र नायिका पूजा शर्माको जोडी बाँधिएको छ । शुभ मुर्हतमा नायक पल शाह , नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको साथमा फिल्म युनिटको उपस्थित रहेको थियो ।

    फिल्मको छायांकन दशैंपछि सुरु हुने बताइएको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहने छ भने सौरभ लामाले फिल्मको छायाँकन गर्ने छन् । लभस्टोरी कथामा निर्माण हुने फिल्म सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ । नायक पल शाह र नायिका पूजा शर्मा बाहेक फिल्ममा अरु कलाकार फाइनल भइसकेका छैन्न ।

    गत दुई साल अगाडी रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रुचाइएको थियो भने फिल्मका गीतसंगीत पनि निकै चर्चित भएका थिए । आउँदो फागुन २३ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरिएको छ ।

    श्राेतः filmyanda.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु