• एक नेपालीले ‘एक किताब’ अभियान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १४:३२

    असार २६ काठमाडौ ।नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१२ देखि एक नेपालीले ‘एक किताब’ इभेन्ट आयोजना गर्दै आईरहेको छ । “आफुु पढौं र अरुलाई पढ्न सघाऔं” भन्ने नाराका साथ यही बर्ष
    को अगष्ट १० देखि १२ तारिख सम्म यस इभेन्टमा दश हजार नेपालीले एक एक किताब दिनेछन् । किताब घरबाट ल्याउन पनि सक्नेछन् वा इभेन्टकै स्टलमा रहेको किताब किनेर पनि दिन सक्नेछन् । 
    हजारौं नेपालीहरु सहभागि हुने यस कार्यक्रममा १०० स्वंसेवकहरुले तयार गरेका बिभिन्न स्टलहरु पनि अवलोकन गर्नुका साथै युवाहरुको साहित्यिक तथा साङ्गीतिक प्रस्तुतिहरुमा पनि रमाउन सक्नेछन् । चर्चित साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका किताबप्रेमीहरुको सहभागितमा यस कार्यक्रम प्रज्ञाप्रतिष्ठानको भानुभक्त हलमा हुनेछ । यस इभेन्ट तीन दिन हरेक दिन बिहान १० बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चल्नेछ । 
    योे इभेन्ट भन्दा एक महिना अगाडी नै देखि सय जना युवाहरुले ९०,००० बालकथाका किताबहरु संकलन गर्ने लक्ष्य लिएका छन् । त्यसमा तीन दिनमा प्राप्त बालकथाका किताबहरु जोडेर हुने एक लाख बालकथाका किताबहरु दुर्गम गाउँका बालबालिकाहरुको हातमा पुर्याउनेछौं ।

    एक किताब अभियानको लक्ष्य सन् २०३० सम्ममा एक करोड बालकथाका किताबहरु बाँड्ने रहेको छ । यस अघि नै एक लाख किताबहरु बाँडेर १४ जिल्लाका एक सय स्कुलहरुमा अध्यनरत हजारौं नानीहरुको हातमा किताब पुुगिसकेको छ । एक करोड किताबको लक्ष्यबाट बाँडिएका किताबहरुबाट हजारौं स्कुलहरुमा बालपुस्तकालयहरु स्थापना हुनेछन् । 

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु