• प्रधानमन्त्रीले विषादी प्रकरणमा माफी मागे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १६:०५

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा माफी मागेका छन् । उनले यो प्रकरणमा आफूलाई झुक्याइएको स्पष्ट पारे । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए ।

    उनले भने,‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’-rcn

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु