• स्थगित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको कार्य फेरी सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ असार २०७६, बिहीबार २०:३५

    चितवन–चितवनमा धुर्मुस(सुन्तली फाउन्डेसनद्धारा निर्माणधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको स्थगित भएको कार्य फेरी सुरु भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम फेरी सुरु गर्न लागेको जानकारी दिएको छ । यस अघि पश्चिमतर्फको तारबार स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको लागि स्थगित भएको थियो ।

    फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले अहिले स्थिति सहज बनेकोले फेरी रंगशाला निर्माणको काम सुरु भएको जानकारी दिदै यस्तो कार्य फेरी नदोहोराउन अपिल गरेका छन् । कट्टेलले आफुहरुले निस्वार्थ भावनाले काम गरिरहेको बताउदै यस अभियानमा सबैलाई हातेमालो गर्न आव्हान समेत गरेका छन् । रंगशालामा डोजर लगाउन नेतृत्व गर्ने प्रकाश कँडेललाई कारबाही गरिसकेको छ भने निर्माणाधीन रंगशाला भत्काउने अन्य १६ जनालाई प्रहरीले पक्राउ गरेर कारवाही गरेको थियो ।

    janasawal.comबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु