• गैरआवासीय नेपाली संघ हङकङबाट बर्खास्त भेषमणिद्दारा पुनर्बहालीका लागि निवेदन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०७:२९

    हङकङ, गैरआवासीय नेपाली संघ हङकङको कार्य समिति सदस्यबाट बर्खास्त भएका भेषमणि श्रेष्ठले आफूमाथि अन्याय भएकोभन्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा निवेदन हालेका छन् । कार्यसमितिको निर्यणलाई अवज्ञा गरेको भन्दै गैरआवासीय नेपाली संघ हङकङले कार्य समिति सदस्य भेषमणि श्रेष्ठलाई पन्जिकृत सदस्यता बाट समेत बर्खास्त गरेको छ ।

    मंगलबार पदबाट बर्खास्त भएका श्रेष्ठले बुधबार पुनर्बहालीका लागि आइसीसीलाइ निवेदन बुझाएका हुन् । निवेदनमा श्रेष्ठले आफूलाई सोधपुछ नगरी मनोमानी ढङ्गबाट बर्खास्त गरिनु निन्दनिय कार्य भएको भन्दै गैरआवासीय नेपाली संघ हङकङ कार्यसमितिका अध्यक्ष, महासचिव र प्रवक्तालाई कार्वाहीको माग गरिएको छ । निवेदनमा श्रेष्ठले पद पुनर्बहाली नभएसम्म आगामी जुलाई २८ मा हुने अधिबेशनको चुनावसमेत स्थगित गर्न माग राखेका छन् ।

    श्रेष्ठलाई संस्थाको विधानको मर्म बिपरित गत जुलाई ६–७, २०१९ का दिन म्यान्मारमा सम्पन्न सातौं एशिया–प्रशान्त क्षेत्रीय बैठकमा गैर–आवासीय नेपाली संघ हङकङको प्रतिनिधित्व नगर्न लिखित हस्ताक्षरसहित सहमति र सम्झाई बुझाई गर्दा समेत अवाज्ञा गरेकोले श्रेष्ठलाई बर्खास्त गर्न बाध्य भएको एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङले बताइन । संस्थाको हितको लागी आफुले उक्त निर्णय लिन बाध्य भएको उनले बताइन ।

    कारवाहीमा परेका श्रेष्ठले आगामी जुन २८ मा सम्पन्न अधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने योजना रहेको जनसवाललाई बताए । उनले आफ्नो कारवाही तुरून्तै फिर्ता हुनुपर्ने समेत दावी गरे । आगामी अधिवेशनका लागि अध्यक्ष पदमा बर्तमान अध्यक्ष राधिका गुरुङ र उपाध्यक्ष निरन्जन गुरुङले आ(आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    श्राेतः janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु