• गायक विशाल गौतमको “हातमा रुमाल” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०८:०५

    काठमाडौं । गायक विशाल गौतमको “हातमा रुमाल” बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो गायक विशाल गौतमको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक विशाल गौतमको नै शब्द तथा संगीत रहेको उक्त गीतमा नरेन्द्र बियोगीको एरेंज रहेको छ । एक युवकको मनको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मन पर्ने मायालुलाई मनको कुरा भन्न नसकेको भाव व्यक्त गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु