• पहिराले घर पुर्दा दुई जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १४:०५

    २७ असार, काभ्रे
    काभ्रेको बनेपा नगरपालिका–३ मा पहिराले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।
    लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।
    बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु