दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गलबन्दी फेम हिट मोडल अन्जली अधिकारी अभिनित गजबको नयाँ तिज गीत आयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २८ गते, शनिबार १३:००

काठमाडौं। गत बर्ष ड्रिम्स गेट इन्टरटेन्टमेन्टले हट गायिका इन्दिरा जोशीको गायन रहेको तिजको हिट गीत रिलिज गरेको थियो। जुन गीत सवैको नजरमा उत्कृष्ठ ठहर भएको थियो। यो बर्षको तिजको लागि ड्रिम्स गेट इन्टरटेन्टमेन्टले विलकुलै फरक धारको नयाँ तिज गीतको भिडियो रिलिज गरेको छ।
नाच दिदीबहिनी भाकाको विलकुलै नयाँ तिज गीतको भिडियो शुक्रवारवाट रिलिज भएको हो। गलबन्दी फेम हिट मोडल अन्जली अधिकारीको विशेष भूमिका भएको यस तिज गीतमा विशेषत महिला प्रहरीको कथा–व्यथालाई तिजको विशेषका रुपमा फरक ढंगवाट गजबले प्रस्तुत गरिएको छ। कलसी रोकायाको गीत तथा संगीतमा गायन गायिका मेलिना राईको रहेको छ। मिक्सिङ बाजुरालीको रहेको छ। हिट गलबन्दी मोडल अन्जली अधिकारीको अलावा नविता, नविका र कैलाशको बेजोड अभिनय रहेको छ। नृत्य अनिश खत्री, मेकअप चाँदनी गिरी, छायांकन दीपक गिरी र निर्देशन गौरव गिरीको रहेको छ।
प्रस्तुत छ–फरक धारको यो गजबको तिज गीत–

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु