• रास्ट्रीय खेलाडीलाई बुसिडो संघद्वारा सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार १५:०९

    डिएन घिसिङ
    असार २८, काठमाडौ । नेपाल बुसिन्डो कोन्सेकाई (एमएमए)मुआई थाई एसोसिएसनद्वारा आज राजधानीको कोटेश्वर स्थित एमएमए क्लबमा रास्ट्रीय एब अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ।क्युकोशिन ,सितरियो एब किक बक्क्सिङ्गका ३दर्जन भन्दा बढी रास्ट्रीय खेलाडीलाई रास्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले दोसल्ला एब प्रमाणपत्रबाट सम्मान गर्नु भएको हो।सोही अबसरमा आफ्नो मन्तव्यका क्रममा उपाध्यक्ष तिमल्सिनाले खेलकुदलाई राजनीति बाट टाढा राख्नु पर्ने र राजनीति पूर्वाग्रहबाट खेलाडी तथा ब्याबस्थापकलाई हेर्न नहुने तर्क राख्नु भएको थियो।सोही अबसरमा नेपाल रास्ट्रीय तथा अन्तर्राष्ट्रिय खेलाडी सघका अध्यक्ष दिपक श्रेष्ठ,नेपाल प्रहरीका बरिस्ठ अधिकृत ,शसस्त्र प्रहरी बलका बरिस्ठ अधिकृत लगाएताका खेलकर्मीहरु आतिथीको रूपमा उपस्तिथ रहेका थिए।नेपाल बुसिन्डो कोन्सेकाई (एमएमए)मुआई थाई एसोसिएसनका अध्यक्ष एब प्रमुख प्रशिक्षक उमेश गुरुङले खेलाडी र खेलाडी बिचको भाईचार समन्ध स्थापित गर्न र अग्रज खेलाडीको सम्मानले भाबी पिडिका खेलाडीलाई समेत प्रेरणा मिल्ने कुरा सोही अबसरमा व्यक्त गर्नु भएको थियो। सो कार्यक्रममा पुर्ब खेलाडी एब प्रशिक्षकहरुको बाक्लो उपस्थिति रहेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु