• “सुहायो चौपट्टै” बोलको तीज गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार १८:११

    काठमाडौं । चर्चित लोकप्रिय गायक पशुपति शर्मा , राजु ढकाल र गायिका देवि घर्ति मगर र सुस्मिता घर्तिको “सुहायो चौपट्टै” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई देवि घर्ति राजु ढकालको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ । गायक पशुपति शर्माको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि.क.(भान्जा)को एरेंज रहेको छ । माया गर्ने प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुको तारिफ गरिएको छ ।
    https://youtu.be/xAJy5HVftmg