• रुक्मांगत गैरेको निधनमा श्रद्धाञ्जली सभा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार १८:५५

    अर्घाखाँची, २८ अषाढ -नेकपा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सोही वडाका पूराना कम्युनिष्ट नेता तथा सल्लाहकार समेत रहेका रुक्मांगत गैरेको निधनमा श्रद्धाञ्जली सभा अयोजना गरिएको हो । गैरे पार्टी सदस्य हुमकला गैरेका श्रीमान एवं संवाद क्लबका अध्यक्ष एवं पत्रकार राम गैरै,थानेश्वर गैरे र मुकुन्द गैरैका पिता हुनुहुन्थ्यो । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका अध्यक्ष दामोदर बेल्वासे डिलाराज गैरै लगायतले पार्टीका पुराना नेता तथा अभिभाव एवं इमान्दार तथा कर्मठ व्यक्तिको निधनले पार्टीमा ठुलो क्षती पुगेको बताए । यस्तै उहाँहरुले इमान्दी नेता गैरैले अनुशरण गरेको बाटोलाई अगाल्दै सुखी नेपाली समृद्ध नेपालको बाटोमा देशलाई अँगाडी बढाउने प्रतिवद्धता समेत जनाए । ठाकुर प्रसाद बेल्वासेले सञ्चालन गरेको कार्यक्रममा दर्जन भन्दा बढी नेकपासँग सम्वद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । स्वर्गीय रुकमांगत गैरेको गत असार १७ गते काठमाडौको ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्वगीय गैरेका तीन छोरा र एक छोरी रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु