• एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ असार २०७६, आईतवार ११:५१

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
    इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ ।
    उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको साथ छ ।तर न्यूजिल्याण्ड पनि यस्तै मौसममा क्रिकेट खेल्न अभ्यस्त छ ।सेमिफाइनलमा दावेदार भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्यूजिल्याण्ड यसपटक विश्व क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छ । साविक विजेता अस्ट्रेलियालाई घर फर्काउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डका लागि पनि आजको खेल नयाँ इतिहास रच्ने अवसर बनेको छ । आजको खेल जसले जिते पनि विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित छ । दुबै टोली एकदिवसीय विश्वकपमा पहिलो उपाधिको खोजीमा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु